Comments Add Comment

सिरहाबाट माओवादीले खाता खोल्यो, कर्जन्हा नगरपालिकामा विजयी

४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले दुई नम्बर प्रदेशको सिरहाबाट जीतको खाता खोलेको छ । सिरहाको कर्जन्हा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।

मेयरमा गंगा पासवान ४ हजार ३०९ मतसहित विजयी भएका छन् । यसैगरी उपमेयरमा ज्ञानुकुमारी श्रेष्ठ ४ हजार ३१३ मतसहित विजयी भएकी छन् ।

मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदियाल महतोले ३ हजार १९० र उपमेयरमा एमालेकै अञ्जु रायले २ हजार ९४५ मत पाए ।

कर्जन्हाका ११ मध्ये ९ वटा वडामा माओवादी केन्द्र विजयी भएको छ । वडा नम्बर २ र ६ एमालेले र बाँकी सबै वडा माओवादी केन्द्रले जितेको हो ।

कर्जन्हा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा पर्दछ । कर्जन्हा नगरपालिकामा कुल १५ हजार ४७४ मतदातामध्ये १२ हजार १३२ मत खसेको थियो ।

यो पनि पढ्नुहोस्

राजपाले खाता खोल्यो, हंशपुरको मेयरमा रामज्ञान विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment