Comments Add Comment

बाराका दुवै उपमहानगरमा एमालेको अग्रता

जितपुर सिमरामा अधिकांश वडा जितेर पनि मेयरमा पछि पर्यो माओवादी

५ असोज, काठमाडौं । २ नम्बर प्रदेशका तीन उपमहानगरपालिकामध्ये दुईमा एमाले र एउटामा राजपाले अग्रता लिएका छन् । जनकपुर उपमहानगरपालिकामा राजपाले निकै फराकिलो अन्तरमा कांग्रेसलाई पछि पारेको छ ।

त्यस्तै बाराका दुवै उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ । जितपुर सिमरा र कलैया उपमहानगरमा एमालेले अग्रता लिएको हो ।

जितपुर सिमरा उपमहानगरपालिकाको अहिलेसम्म गणना सकिएका ७ मध्ये ५ वडामा जितेर पनि माओवादी केन्द्र मेयरमा भने पछि परेको छ । मेयरमा एमालेका डा.कृष्ण पौडेलले बिहान १० बजेसम्म ५०६४ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् ।

माओवादी केन्द्रका राजन पौडेलले ४१७७ मतका साथ पछ्याइरहेका छन् । कांग्रेसका कृष्णव्रत सिंह ३४३४ मतसहित तेस्रो स्थानमा छन् ।

मतगणना सकिएका वडामध्ये माओवादीले २, ३, ४, २२ र ३३ वडामा जितेको छ भने कांग्रेसले १ नम्बर वडा र एमालेले २४ नम्बर वडामा जित हासिल गरेका छन् ।

कलैया उपमहानगरपालिकामा पनि एमालेकै विनोद साह १७११ मतसहित अग्रस्थानमा छन् । फोरमका प्रमोद गुप्ताले १५८६ मतका साथ उनलाई पछ्याइरहेका छन् भने कांग्रेसका राजेश यादवले १२२५ मत पाएका छन् ।

गणना सकिएका २ वडामध्ये ३ नम्बरमा माओवादी केन्द्र र ४ नम्बर वडामा फोरम लोकतान्त्रिकका उम्मेदवार विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment