५ असोज, रौतहट । कटहरिया नगरपालिका–८ बलुवाटोलमा नेपाली कांग्रेस र राजपा समर्थकबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
झडपमा ५० वर्षीय रामपुकार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कांग्रेस कार्यकर्ताले भोज पनि खाएको र पैसा पनि लिएको तर, भोट राजपालाई हालेको आरोप लगाएपछि विवाद सुरु भएको थियो । त्यसक्रममा रामपुकारमाथि लाठी प्रहार भएको हो । टाउकोमा लाठी लागेका उनको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अनुठा राय यादव, भूठा यादव, बैजु यादवलाई पक्राउ परेको छ । भूठा कांग्रेसका वडाध्यक्षका उम्मेदवार गौरीशंकर यादवका छोरा हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4