Comments Add Comment

रियल मड्रिडले यो सिजनमाथि विश्वास गर्नुपर्ने ६ कारण


फुटबलमा सबै सम्भव हुन्छ र, यसका लागि कुनै टिम छ भने त्यो हो रियल मड्रिड ।

जिनेदान जिदानलाई थाहा छ कि यो सिजनमा खेल्न धेरै बाँकी छ र सुरुवातमा चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग कायम रहेको ७ अंकको दुरी अन्तिम स्टेशन होइन । रियल मड्रिडका समर्थकले किन आश मार्नु हुँदैन, यस्ता छन् ६ कारण ।

अगष्टको दुई उपाधि

अहिलेको अवस्थामा परिर्वतन आउँछ भन्ने विश्वास गर्नु पर्ने कारण हो, हालै हात पारेको सफलता हो ।

मड्रिडले म्यानचेष्टर युनाइटेडलाई हराउँदै यूईएफए सुपर कप जित्यो भने बार्सिलोनालाई हराएर स्पेनिस सुपर कप । दुबै खेलमा रियलले गरेको प्रभावशाली प्रदर्शन अहिले पनि ताजै छ र रियलसँग अगष्टको त्यो फर्ममा छिट्टै फर्कने क्षमता छ ।

जब सबै कुरा मुस्कल हुन्छ …

अक्सर रियल मड्रिड जब निकै दबावमा पर्छ, उसले नजिता निकाल्छ । र, जिदानको हकमा यो संयोग मात्र होइन । २०१५÷१६ को सिजनमा बार्सिलोना उपाधि नजिक पुगेको थियो तर, जिदानको टिमले लगातार १२ जित हात पा¥यो । अर्को सिजन, बार्सिलोनाले उपाधि होडमा दबाव दिएपछि अन्तिम ६ खेलमा ६ वटै जित हात पारेर रियल मड्रिडले गोल अन्तरका आधारमा उपाधि रक्षा गर्‍यो  ।

अबको खेल तालिका

आसन्न र डिसेम्बरको ईएल क्लासिकोको बीचमा रियल मड्रिडले जति सकिन्छ, त्यति अंक लिनुपर्छ । तत्काल उसले आलाभेस, गेटाफे र जिरोनासँग उनीहरुको घरेलु मैदानमा खेल्नेछ भने बेर्नाबाउमा स्पानियोल, एइबर र लस पाल्माससँग खेल्नेछ । यी खेलहरुमा रियलले आफ्नो लयमा फर्कने प्रयास गर्नेछ ।

बार्सिलोनालाई हराउनू

गत सिजन बेर्नाबाउमा बार्सिलोनाबाट पराजित हुँदा लगभग ला लिगा गुमाउने अवस्था आएको थियो । त्यसैले रियललाई थाहा छ कि डिसेम्बरमा जब बार्सिलोना बेर्नाबाउमा आउँछ, उसलाई हराउन सकियो भने अंक तालिकामा फर्किन सकिन्छ ।

ठूला टिमसँगको आउँदा खेल

रियल सोसिडाडविरुद्धको खेलमा रियलको प्रदर्शनले देखाउँछ कि उसले कुनै पनि बेला माथ खान सक्छ । धन्न भ्यालेन्सियासँग बराबरी खेल्यो र एक अंक पाउन सक्यो ।

अब सेभिल्ला, एथ्लेटिको मड्रिड लगायतका टिम पनि उपाधि होडमा देखिएका छन् । अब रियल मड्रिडले उनीहरुसँग खेल्न आफूलाई तयार गर्नु पर्नेछ ।

जसलाई अंक दुरीको मलतब छैन

बार्सिलोना र रियल मड्रिड ला लिगाका दुई यस्ता टिम हुन्, जसलाई अंक दुरीको ठूलो अर्थ हुँदैन । २०१५/१६ कै सिजनमा फर्कौं, रियल मड्रिडले बार्सिलोना भन्दा मात्र एक अंक पछाडि रहेर सिजनको अन्त्य गर्‍यो, जबकी २६ औं हप्तामा १२ अंकले पछाडि थियो । यस्तै क्याटलन क्लबले गत सिजन गोल अन्तरमा मात्र उपाधि गुमायो, जबकी ६ खेल बाँकी हुँदा ६ अंकको दुरी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment