Comments Add Comment

चुनावमा उद्योगी र पैसावालाले टिकट पाए: पूर्वराष्ट्रपति यादव

६ असोज, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले भाग लिनु सकारात्मक भएको बताएका छन् ।

सुशील कोइराला मेमोरियल फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले स्थानीय निकाय र प्रदेश-प्रतिनिधि सभाका निर्वाचन सम्पन्नपछि मात्र संविधान कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे । उनले भने, ‘पछिल्लो स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले भाग लिनु सकारात्मक हो, आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाका निर्वाचनमा पनि यस्तै सहभागिता रहने मैले विश्वास लिएको छु ।’

पूर्व राष्ट्रपति डा. यादवले निर्वाचनमा लामो समयदेखि दलमा मूल्य मान्यतामा आस्थावान तथा निष्ठावान् व्यक्तिले टिकट नपाई क्रसर र डोजर उद्योगी तथा पैसावालाले पाएकामा चिन्ता व्यक्त गरे । उनले भने, ‘मैले सुनेँ स्थानीय तहका निर्वाचनमा वडाध्यक्ष हुनका लागि ५० लाख र गाउँ तथा नगरपालिका प्रमुख हुन एक करोडसम्म खर्च भयो ।यस्तो अवस्था हो भने कसरी इमान्दार र निष्ठावान् व्यक्तिले निर्वाचन लडन सक्छन् ।’

कार्यक्रममा तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधान प्रदत्त अधिकारलाई जनताले अपनत्व गरी त्यसलाई व्यवहारिक रुपमा अनुभूत गर्न नसकेसम्म संविधान कार्यान्वयन नहुने तर्क गरे ।

फाउण्डेशनका अध्यक्ष महामन्त्री डा. शशांक कोइरालाले स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयन गरेको र लोकतन्त्रलाई संस्थागत विकाससमेत गरेको बताए।

कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृतिमा गत वर्ष फाउण्डेशनको स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment