Comments Add Comment

सिरहाको कल्याणपुर नगरपालिकामा कांग्रेस विजयी

६ असोज ,सिरहा । सिरहाको कल्याणपुर नगरपालिकामा नेपाली कांगेस बिजयी भएको छ ।

प्रमुख र उपप्रमुखमा दुबै पदमा नेपाली कांग्रेस विजयी भएका हुन् । नेपाली कांग्रेसका सूर्यनाथ मण्डल ४८ सय ४ मत प्राप्त गरेर बिजयी भएका छन् ।

उनका प्रतिस्पर्धी राजपाका मेयर उम्मेदवार रामबाबु यादवले ४५ सय ९७ मत हासिल गरे ।

यसैगरी, उपमेयरमा कांग्रेसकी रोहिणी कुमारी यादवलेे ४६ सय ६४ मत प्राप्त गरेकी छन् भने राजपाकी मसुदा खातुनले ४४ सय ३८ मत हासिल गरिन् । कल्याणपुर जितसँगै कांग्रेसले सिरहामा दुई स्थानीय तह जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment