+
+
Shares

सर्लाहीको चक्रघट्टा गाउँपालिका माओवादी जित्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ७ गते ८:३३

७ असोज, सर्लाही । सिरहाको चक्रघट्टा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा विक्रम यादव र उपाध्यक्षमा बसोधा देवी विजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचित विक्रमले राजपाका कृष्णकुमार यादवलाई ६८ मत अन्तरले हराए । विक्रमले ३ हजार २१६ मत र कृष्णकुमारले ३ हजार १४८ मत पाएका छन् ।

विक्रम यादव माओवादीमा हालै प्रवेश गरेका फोरम लोकतान्त्रिकका नेता रामेश्वर रायका छोरा हुन् ।

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकी बसोधा देवीले ३ हजार ३१० मत पाएर विजयी हुादा उनको निकटतम प्रतिद्वन्द्वी राजपाकी फुलबन्ती साहको पक्षमा ३ हजार ५० मत परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?