७ असोज, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरसहित अधिकांश वडामा जितेको छ ।
शनिवार बिहान सम्पन्न मतगणनामा एमालेका मानबहादुर खड्का करिब ४ हजार मतको फराकिलो अन्तरले मेयरमा निर्वाचित भए । खड्काले ८ हजार ९४९ मत पाएर जित्दा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका इन्द्रबहादुर योञ्जन ५ हजार ६ सय ३९ मतमा रोकिए ।
उपमेयरमा एमालेकै शान्तिकुमारी लामा ७ हजार ९ सय ३४ मतका साथ विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शान्ता उपाध्यायले ५ हजार ५ सय ६१ मत ल्याइन् ।
जिल्लाका १६ स्थानीय तहमध्ये ११ तहको परिणाम आउँदा एमालेले जितेको यो पहिलो स्थानीय तह हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4