Comments Add Comment

आर्थिक समाचार: सवा करोड लिटर मदिरा आयात

८ असोज, काठमाडौं । नेपालमा मदिरा पारखी बढ्दै गएपछि आयातमा पनि उच्च वृद्धि भएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा एक करोड २४ लाख ४१ हजार लिटर मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ भित्रिएको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले सवा करोड लिटर मदिरा आयातलाई मुख्य समाचार बनाएको छ । जलविद्युत आयोजना निर्माण तीव्र भन्ने खबर अन्नपूर्णमा छापिएको छ ।
दसैंमा सुपथ मूल्य पसल सन्दर्भमा खाद्यान्न खरिद गर्नेको भिडलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ ।

वाणिज्यमन्त्रीले व्यापार घाटा घटाउछु भनेको प्रसंगलाई पनि नयाँ पत्रिकाले समाचार बनाएको छ ।

पानीसंगै बगेर जान्छ ६० अर्बको बालुवालाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । ठूला आयोजनालाई गति दिन नसकेपछि स्पष्टीकरणलाई पनि कारोबारले लेखेको छ । विशेष छात्रवृत्ति सदुपयोग भएन भन्ने खबर कारोबारमा छापिएको छ ।

आप्रवासन साझेदारीमा नेपालको कमजोर तयारीलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । आठ जिल्लामा सचिवालय खोल्न साढे चार करोड स्वीकृतलाई पनि नागरिकले लेखेको छ ।

माथिल्लो कर्णालीको मुआब्जा वितरण सुरुलाई गोरखापत्र दैनिकले मुख्य समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment