+
+
Shares

फेसियल हाउस उद्घाटनमा दीपादेखि दीपिकासम्म

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ८ गते ११:४१


सौन्दर्य सेवामा रहेको फेसियल हाउसले दशैको अवसर पारेर काठमाण्डौका दुइ भिन्न भिन्न स्थानमा आफ्नो शाखा विस्तार गरेको छ । बागबजार प्लाजामा संचालनमा आएको शाखाको उद्घाटन निर्देशक तथा कलाकार दीपाश्री निरौलाले गरिन् ।

यस्तै, सीटीसी मलको दोश्रो तल्लामा संचालित फेसियल हाउसको लक्जरी ब्राञ्चको उद्घाटन भने उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नायक रमेश उप्रेती, नायिका दीपिका प्रसाइ, चिकित्सक आयुष्मान घिमिरेले उद्घाटन गरे ।

फेसियल हाउसको लक्जरी ब्राञ्चमा केही नयाँ सौन्दर्य प्रविधिहरु भित्राएको छ । टाटु रिमूभर लेजर मेसिन, हेयर, ब्यूटि र स्किन केयर मेसिन, कृतिम परेला प्रत्यारोपण, जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता नयाँ पुस्तामा प्रचलित धेरै प्रकारका प्रविधिहरु उपलब्ध छन् । यी सबै सेवा काठमाडौंमा सञ्चालनमा आएको सिटिसी मलको लक्जरी ब्राञ्च तथा बागबजारमा शुभारम्भ भएको ब्राञ्चमा समेत उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?