Comments Add Comment

नेपाल कम्युनिटीको असोज २६ बाट हकप्रद

८ असोज, काठमाडौं । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको असोज २६ गतेबाट १ बराबर १.२ अनुपातमा हकप्रद सेयर जारी हुने भएको छ ।
असोज १७ गते सेयर स्वामित्व हुनेले बैंकको सेयरमा आवेदन दिन सक्नेछन् । बैंकको सेयर कात्तिक २९ गतेसम्म बिक्री खुला रहनेछ ।

 

बैंकको सेयरमा बैंककै शाखा कार्यालयहरु, बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल, नेपाल इन्भेष्टमेन्ट बैंकका बिभिन्न शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

हकप्रद निष्कासनपछि बैंकको सेयर पूँजी ४८ करोड ४६ लाख रुपैयाँ पुग्ने छ । बैंकले थप पूँजी बढाएर चालु आव अन्त्यमा ५२ करोड ५८ लाख रुपैयाँ पूँजी पुर्याउने लक्ष्य लिएको छ । यसो भएमा थप लाभांशको सम्भावना रहन्छ । बैंक गत आवमा १ करोड ४२ लाख नाफामा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ २७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment