Comments Add Comment

एमाले प्रवेश गर्दै कोमल वलीले भनिन्- अब कतै जान्नँ

९ असोज, दाङ । गायिका कोमल ओली राप्रपा छाडेर एमालेमा प्रवेश गरेकी छन् । सोमबार दाङको घोराहीमा एमाले उपाध्यक्ष बामदेव गौतमले ओलीलाई पार्टी प्रवेश गराएका हुन् ।

ओलीसँगै कांग्रेस निकट निर्माण व्यवसायी बलिभद्र राना, डिल्लीबहादुर खड्का, गुण्डा नाइके विकास पुन लगायतलाई पनि एमाले उपाध्यक्ष गौतम र स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमालेमा प्रवेश गराए । राना दाङ निर्माण ब्यवसायी संघका अध्यक्ष हुन् भने डिल्लीबहादुर खड्का स्थानीय चुनावमा लमही नगरपालिकामा कांग्रेसको वागी मेयर उम्मेदवार थिए । पुनले भने आफूलाई कुमार घैंटेको राप्ती अञ्चल संयोजक बताउने गरेका छन् ।

कार्यक्रममा उपाध्यक्ष गौतमले अग्रगमनको नेतृत्व एमालेले मात्रै गर्नसक्ने बताए ।

गायीका ओलीले अब एमाले छाडेर कतै नजाने बताइन् । उनले घात र अन्तर्घात नगर्न एमाले नेताहरुलाई सुझावसमेत दिइन् ।

कोमल वली रेडियो नेपालको स्थायी जागीर छाडेर राप्रपामा प्रवेश गरेकी थिइन् । राप्रपा बिभाजन भएपछि निराश बनेकी उनी एमाले प्रवेश गरेकी हुन् । उनलाई एमालेले प्रदेश सभाको उम्मेदवार बनाउने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment