
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमाले केन्द्रीय सदस्य कोमल वली ‘कमेडी दरबार’ मा पाहुना भए।
- शोमा उनीहरूले रमाइलो व्यंग्य र प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन दिए भने, नयाँ एपिसोडमा पूर्वराजा ज्ञानेन्द्र शाह र खड्गबहादुर पुनको भूमिका देखाइयो।
- शो प्राइम टिभी र युट्युब च्यानलमा प्रसारण हुन्छ र निर्देशक श्रद्धा प्रसाई तथा होस्ट विक्की अग्रवाल र सजिना खनाल हुन्।
काठमाण्डौं । टिभी कमेडी शो ‘कमेडी दरबार’मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमाले केन्द्रीय सदस्य कोमल वली एकसाथ पाहुनाको रुपमा पुगेका छन् ।
मङ्गलबार शो छायांकन भएको थियो । जहाँ लिङ्देन र वलीलाई एकैसाथ देख्दा उपस्थित दर्शकले पनि मनोरञ्जन लिए । राजावादी आन्दोलन सँगसँगै कोमल ओली राप्रपाबाट एमालेमा प्रवेश भएसँगैका विषय एपिसोडमा रमाइलो ढङ्गबाट प्रस्तुत गरिएको छ ।
पछिल्लो समयको लोकप्रिय शोमा आफू पाहुना भएर पुग्दा खुसी लागेको लिङ्देनले बताए । साथै उनले नेताहरूलाई रमाइलो ढंगबाट गरेको व्यंग्यसहित कलाकारको प्रस्तुति उत्कृष्ट लागेको बताए ।
कलाकार तथा नेतृ वलीले ‘कमेडी दरबार’ पहिलेदेखि नै हेर्दै आएको र आफूमाथि नै व्यंग्य भएको देख्दा आफूलाई रमाइलो लागेको बताइन् । यो शो प्राइम टिभी र ओएसआर रियालिटी युट्युब च्यानलमा आउँछ ।
नयाँ एपिसोडमा सुन्दर खनाल पूर्वराजा ज्ञानेन्द्र शाह बनेर प्रस्तुत भए । खड्गबहादुर पुन लिङ्देनको अवतारमा देखिए । पवन खतिवडा म्याकुरी कोमल ओली बने ।
श्रद्धा प्रसाईले निर्देशन गर्दै आएको शोलाई विक्की अग्रवाल र सजिना खनालले होस्ट गरिरहेका छन् ।
तस्वीर : गोपिकृष्ण चापागाईं
प्रतिक्रिया 4