Comments Add Comment

यू- १८ टोली काठमाडौं फर्कियो

१२ असोज, काठमाडौं । भुटानको थिम्पुमा बुधबार सम्पन्न अठार वर्ष मुनीको साफ फुटबल प्रतियोगिता बिजेता नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ ।

बिहीबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका नेपाली खेलाडीलाई स्वागत तथा बधाई दिन अखिल नेपाल फुटबल संघ -एन्फा)का पदाधिकारी तथा फुटबलप्रेमी समर्थकहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

खेलाडीको विमानस्थलमा भव्य स्वागत गरिएको थियो । विजेता खेलाडीले पहिलो खेल भुटानसँग हार्नु नै आफूहरुको जीत भएको बताएका छन् । सोही हारबाट सिक्दै थप रणनीति बनाउन सफल भएकाले बिजय प्राप्त गरेको क्याप्टेन अर्पण कार्कीले बताए ।

फुटबलमा बिजय हासिल गरेर आफूहरुले नेपाली दाजुभाई दिदीबहिनीलाई वडा दशैंको अवसरमा जीतको सबैभन्दा ठूलो उपहार दिन सकेको पनि कार्कीले बताए ।

फुटबल प्रशिक्षक छिरिङ लोप्साङले पहिलो पटक कोच भएर अन्तर्राष्ट्रिय खेल खेलाउँदा प्राप्त भएको बिजयले आफूलाई सफल तथा खुसी बनाएको प्रतिक्रिया दिए ।

भुटानमा भएको खेलमा भारतलाई २-० ले हराउँदै नेपालले उपाधी जितेको थियो । दुबै गोल दिनेश हेन्जनले गरेका थिए ।

दुई वर्षअघि नेपालले घरेलु मैदानमा आयोजित १९ बर्ष मुनिको साफ फुटबलको पहिलो उपाधि जितेको थियो । त्यसपछि भने यो प्रतियोगिता १८ बर्ष मुनिको ढाँचामा खेलाउन थालिएको हो । प्रतियोगितामा सहभागी दक्षिण एसियाका पाँच टोलीहरु सबैले एक-अर्कासँग खेलेपछि सबैभन्दा बढी अंक प्राप्त गर्ने टोली विजेता बनेको हो ।

नेपाल र बंगलादेशको बराबर ९ अंक भएपछि ‘हेड टु हेड’का आधारमा नेपाल विजेता बनेको हो । समूहको खेलमा नेपालले बंगलादेशलाई २-१ ले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment