१७ असोज, अछाम । अछाम कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्ष र समानुपातिक उम्मेदवार टुंगो लगाएको छ ।
पार्टी क्षेत्रीय कार्यसमितिको साँफेबगरमा सम्पन्न बैठकले सहमतिका आधारमा प्रतिनिधि सभामा पाँच र प्रदेश सभाका लागि सात जनाको नाम जिल्ला समितिमा पठाएको छ ।
प्रतिनिधिसभाका लागि पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह, जिल्ला सभापति भरतकुमार स्वाँर, पूर्वसभापति मेघराज खड्का, ध्वजबहादुर कँुवर र राजेन्द्रबहादुर शाहको नाम सिफारिस भएको छ ।
समानुपातिकतर्फ पूर्वराजदूत बलबहादुर कुँवर, अर्जुन ताम्राकार, टक्कर कडायत, डम्मर सुनार, धर्मराज न्यौपाने, सुरेन्द्रबहादुर खड्काको सिफारिस भएको छ ।
यस्तै, चौरपाटी गाउँपालिका र साँफेबगर नगरपालिका जोडिएको प्रदेश सभाको प्रत्यक्षतर्फ टीकाराम खनाल, टेकबहादुर कुँवर, भक्तबहादुर ठकुल्ला, राजन कुँवर र राजेन्द्रबहादुर कुँवर छन् ।
सोही क्षेत्रका लागि समानुपातिकतर्फ टक्कर ताम्राकार, टेकबहादुर साउद, पवित्रादेवी कुँवर, भगवती खनाल, भक्तबहादुर ठकुल्ला, भरतबहादुर कुमाल, भीमबहादुर साउद, भुुवनेश्वरी शर्मा, राधिका भुुजेल, रेणुकादेवी रेग्मी, रुपा आउजी, ललित कुँवर, लक्ष्मी शाह र हर्षप्रसाद भट्टको नाम छ ।
यस्तै मेल्लेख, बान्नीगढी-जयगढ र रामारोशन गाउँपालिकाबाट प्रत्यक्षतर्फ टेकबहादुर साउद र हर्क स्वाँरको नाम छ ।
समानुपातिकमा अनुराधा स्वाँर रावल, झंकरबहादुर साउद, तिलकबहादुर खत्री, नृपबहादुर खड्का, शेरबहादुर शाह र हर्कबहादुर स्वारको नाम पठाइएको छ ।
प्रतिक्रिया 4