Comments Add Comment

प्रेमीसँग साम्राज्ञीको ‘चियर्स’


चलचित्र क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह चर्चामा आइन् । पहिलो चलचित्र हिट भएपछि चुलिएको उनको चर्चा दोश्रो चलचित्र ‘ए मेरो हजुर २’ पनि बम्पर हिट भएपछि झनै चुलियो ।

तर, साम्राज्ञीको चर्चा हिट चलचित्रका कारण मात्र हुँदैन । उनको चर्चा केही समययता प्रेमका कारण पनि भैरहेको छ । साम्राज्ञी र उनका प्रेमी मयंक खड्काको समाचार बाहिरिएसँगै उनी चर्चामा छिन् । तर, मिडिया इन्टरभ्यूमा भने साम्राज्ञीले मयंसँगको प्रेम स्विकार गरेकी छैनन् । तर, काठमाण्डौका एक डिस्को क्लबमा प्राय पुग्ने साम्राज्ञी र मयंकका तस्बिर हिजोआज सामाजिक संजालमा प्रशस्त भेटिन्छन् ।

हजारौ यूवाको मनमा बसेकी सुन्दरी नायिकालाइ प्रेम सम्बन्धले खासै फरक त परेको छैन । तर, उनी अझै पनि सार्वजनिक रुपमा प्रेमको खबर स्विकार भने गर्दिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment