+
+
Shares

पद्मश्री साहित्य पुरस्कार नवराज पराजुलीलाई

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १९ गते २०:३५

काठमाडौं । खेमलाल हरिकला लामिछाने समाजकल्याण प्रतिष्ठानद्वान स्थापित ‘पद्मश्री साहित्य पुरस्कार’ कवि नवराज पराजुलीलाई उहाँको कविताकृति ‘सगरमाथाको गहिराइ’का लागि प्रदान गरिएको छ ।

त्यस्तै साहित्यिक पत्रकारितामा दीर्घ योगदान पुर्याएका वरिष्ठ पत्रकार नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई संयुक्त रुपमा ‘पद्मश्री साधना सम्मान’ दिइयो । दुवै पुरस्कार र सम्मानका साथ दुई लाख तथा प्रशंसापत्र छन् ।

बिहीबार भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सिर्जना तथा समर्पणमा प्रतिस्पर्धा हुँदैन भन्दै आगामी वर्षदेखि पद्मश्री पुरस्कारका लागि १० कृतिको सूची दिइने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?