Comments Add Comment

पञ्चायतको गीतमा नीता भन्दैछिन्-‘छोरीको कर्म’


चलचित्र ‘पंचायत’मा समावेश ‘छोरीको कर्म’ बोलको गीतको भिडियो रिलिज भएको छ । फागूण १७ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको मर्मस्पर्शी गीत रिलिज गरिएको हो । यो गीतको भिडियोमा चलचित्रकी मुख्य कलाकार नीता ढुंगानालाइ फिचरिङ गरिएको छ ।

पचाँस बर्ष पुरानो ग्रामिण भेगको कथालाइ यो चलचित्रमा देखाइएको छ । सरु गौतमको आवाज रहेको यो गीतमा शिवम् अधिकारीको शब्द, टंक वुढाथोकीको संगीत छ ।

चलचित्रमा नीता ढुंगानाको साथमा सरोज खनाल, रुपा राना, गणेश गिरी, जाहान्वी बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाइ शिवम् अधिकारीले लेखन तथा निर्देशन गरेका हुन् । गणेश गिरीको प्रस्तुती, रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीको लगानी छ ।

रामेश्वर कार्कीको छायांकन, विपिन मल्लको सम्पादन रहेको चलचित्रलाइ विभिन्न चलचित्र महोत्सवमा प्रदर्शन गर्ने तयारी पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment