Comments Add Comment

ओपोले रच्यो ईतिहासः ए५७ विश्वकै दोस्रो बेष्ट सेलिङ एण्ड्रोइड फोन


२० असोज, काठमाडौं । प्राविधिक संसारमा भित्रिएको क्रान्तिसँगै दुरसञ्चार उपकरण (टेलिकम ग्याजेट्स)का ठूला निर्माताले स्मार्टफोन जगतमा विस्तारै आफ्नो बजार हिस्सा गुमाउँदै गइरहेका छन् ।

आकर्षक, बहुउपयोगी, तीव्र गतिको कार्य क्षमता तथा फिचर्सले भरिपूर्ण गुणस्तरिय तर मितब्ययी मूल्यका फोन तिर उपभोक्ताको आकर्षण बढ्नु यसको मुख्य कारण हो ।

यसले बजारमा प्रयोगमैत्री, मितब्ययी मूल्यमा नयाँ नयाँ उत्पादन भित्राउने र विक्रि गर्ने तिब्र प्रतिस्पर्धाको वातावरणको सिर्जना भएको छ ।

बेष्ट सेलिङ एण्ड्रोइड फोन

निरन्तर परिस्कृतिकरण र विकासका कारण क्यामेरा फोन ब्राण्डका रुपमा स्थापित ओपोले ठूलै बजार हिस्सा कब्जा गर्न सफल भएको छ ।

बजारमा उपलब्ध कम्पनीका हरेक उत्पादनको गुणस्तर, विश्वसनियता, पृथक डिजाइन तथा क्यामेरा फिचर्सले ओपोलाई यसमा प्रत्यक्ष सघाएको देखिन्छ ।

ओपोको यो सफलता बिश्वब्यापी उद्योग विश्लेषक संस्था काउण्टरपोइण्ट रिसर्च डट कमले प्रमाणित गरेको हो । विश्लेषक संस्था काउण्टर पोइण्ट रिसर्चले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ओपो ए५७ र आर ११लाई विश्वकै वेष्ट सेलिङ एण्ड्रोइड फोन्स मध्ये एकका रुपमा विश्लेषण गरिएको छ ।

जुलाइ महिनामा बिश्वब्यापी स्मार्टफोन ब्राण्ड मध्येकै उत्कृष्ट १० स्मार्टफोन मध्ये सर्वाधिक विक्रि हुन सफल ब्राण्डको सुचिमा ओपो ब्राण्डले तेस्रो र चौथो स्थान हात पार्न सफल भएको हो । त्यसैगरी, एण्ड्रोइड सञ्चालन प्रणालीमा आधारित स्मार्टफोन मध्येकै टप सेलिङ एण्ड्रोइड फोन बन्न सफल भएको हो ।

‘अनस्टपेबल सेल्फीज्’ नाराका साथमा सार्वजनिक गरिएको ओपो ए५७मा ओपोले १६ मेगापिक्सेल क्षमताको फ्ल्यागशिप फ्रण्ट क्यामेरा उपलब्ध गराएको छ । यसले प्रयोगकर्तालाई न्यून प्रकाश भएका स्थानमा समेत चहकिलो, उत्कृष्ट तथा आकर्षक सेल्फी लिन सघाउँछ । फोनमा कम्पनीले ह्याण्ड गेस्चरका साथै बोके ईफेक्ट पनि उपलब्ध गराएको छ । यसले गर्दा प्रयोगकर्ताले धमिलो ब्याकग्राउण्ड सहितका पृथक तथा आकर्षक तस्विर लिन मद्दत गर्छ । नेपाली बजारमा पनि प्रयोगकर्ता माझ विशेष लोकप्रिय ओपो ए५७ मूल्य रू. २६ हजार ५ सय ९०मा उपलब्ध रहेको छ ।


उत्कृष्ट श्रेणीमै रहन सफल ओपोको अर्को फोन आर ११ भने हाल सम्म नेपाली बजारमा उपलब्ध भइसकेको छैन । यसमा रहेको बोके ईफेक्ट सहितको २० मेगा पिक्सेल क्षमता भएको डुअल क्यामेराले अन्य बिश्वब्यापी स्मार्टफोनका तुलनामा यसको लोकप्रियता बढाएको विश्लेषकहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment