Comments Add Comment

जहाँ, अमिताभको जुत्ताको पूजा हुन्छ…


भगवान्को मन्दिर एवं मन्दिरमा भगवान्को मुर्ती धेरैले देखेका छन् । तर, भारतको कोलकत्तामा एउटा यस्तो मन्दिर छ जहाँ अभिनेता अमिताभ बच्चनको जुत्ताको पूजा हुन्छ ।

यस मन्दिरमा हरेक दिन ६ मिनेटको आरती हुन्छ । आरतीपछि अमिताभ बच्चन र उनको जुत्ताको पूजा गरिन्छ । आरती गर्नु अघि ९ पन्नाको अमिताभ चालिसा पनि पढ्ने चलन छ ।

यो मन्दिरमा अमिताभले ‘अग्निपथ’ चलचित्रमा लगाएको जुत्तालाई पूजा गरिन्छ । अक्स मुभीमा अमिताभ जुन कुर्चीमा बसेका थिए उक्त कुर्ची पनि अहिले यहि मन्दिरमा ल्याएर राखिएको छ । यो मन्दिर कोलकत्ताको श्रीधर राय रोडमा रहेको छ भने विश्वभरका मानिस यस मन्दिरमा आउने गर्छन् ।

सन् २००१ मा अमिताभका फ्यान सञ्जय पटौदियाले मन्दिर बनाएका थिए । सञ्जयको आग्रहपछि सोही वर्ष अमिताभले कुर्सी र जुत्ता पठाइदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment