+
+
Shares

नोटको सट्टा विद्युतीय मुद्रा चलाउन सार्वजनिक महत्वको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २२ गते १८:०८

२२ असोज, काठमाडाैं । आगामी दुई वर्षभित्र नोटलाई विद्युतीय मुद्राले विस्थापित गर्न माग गर्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

भ्रष्टाचारको जालो कोही अछुतो नरहेको र भ्रष्टाचार नरोक्दासम्म मृलुक सम्बृद्धितर्फ अघि बढ्न नसक्ने भन्दै प्रस्तावमा भनिएको छ, ‘भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्न नोट मुद्राको प्रचलनलाई विद्युतीय मुद्राले प्रतिस्थापन गर्नुपर्छ ।’

यसले व्यक्तिको आम्दानी र खर्च पारदर्शी हुने र भ्रष्टाचार नियन्त्रण भई लोककल्याणकारी राज्य स्थापना हुने प्रस्तावकको तर्क छ । ‘सरकारलाई २ वर्षको समयावधिभित्रनेपालमा नोट मुद्रालाई विद्युतीय मुद्राले पूर्णरुपमा प्रतिस्थापन गर्न आवश्यक निर्देशन गर्न यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्छु ।’

सार्वजनिक महत्वको प्रस्तावको समर्थकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे र जीवन परियार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?