Comments Add Comment

‘भागवत गीता’ कि ‘ए मेरो हजुर ३’, झरनाले कुन पहिला बनाउलिन् ?


यो बर्षको सुपरहिट चलचित्र ‘ए मेरो हजुर २’की निर्देशक झरना थापाले नयाँ चलचित्र निर्देशनको तयारी थालेकी छिन् । तर, झरनाले दुइ कथावस्तु मध्ये कुन चलचित्र पहिले बनाउने भन्ने दोधारमा रहेको बताएकी छिन् ।

‘चलचित्र ‘ए मेरो हजुर २’ हिट भएपछि, वितरक तथा दर्शकबाट यसकै तेश्रो भाग बनाउने सल्लाहा आएको छ । यसैले यो चलचित्र निर्देशनको तयारी पनि गरिरहेको छु ।’, झरनाले भनिन् ।

तर, झरनासँग चलचित्र ‘भागवत गीता’को कथावस्तु भने तयारी अवस्थामा छ । यो चलचित्रको कथा पनि हरिहर अधिकारीले नै लेखेका हुन् । झरनाले भनिन्-‘भागवत गीता लभ स्टोरी चलचित्र हो । भागवत नाम गरेका केटा र गीता नाम गरेकी केटीको रमाइलो प्रेम कथालाइ चलचित्रमा उठाउनेछौ ।’

आफू अहिले नै कुन चलचित्र पहिले बनाउने भन्नेमा पक्का नभएको झरनाको भनाइ छ । ‘तर, धेरैको सल्लाहा ‘ए मेरो हजुर ३’ निर्माण गर्नुपर्छ भन्ने भएकाले यसको निर्माण चाडो हुनसक्छ’, झरना भन्छिन् । तर, झरनाले दुबै चलचित्रको निर्माण भने एसके थापा प्रोडक्शनबाट नै हुने जानकारी दिइन् ।

चलचित्रका कलाकार भने पक्का भएका छैनन् । तर, दुइ कथामा जुन पहिले बनेपनि चलचित्र ‘ए मेरो हजुर २’कै नायक सलिनमान बनियाँ दोहोरिने संभावना प्रबल छ । तर, अहिले नै यो कुरा फाइनल भने भैसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment