+
+
Shares

साझाबाट हटाइएका शर्माको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

रासस रासस
२०७४ असोज २३ गते १८:२६

२३ असोज, काठमाडौँ । सर्वोच्च अदालतले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पदबाट हटाउनुका कारण पेश गर्न सरकारको नाममा कारण आदेश दिएको छ ।

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले अाइतबार शर्मालाई हटाउनुका कारण देखाउन सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

आफूलाई सुनुवाइको मौका नदिई बर्खास्त गरेको भन्दै शर्माले आइतबार सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । मन्त्रिपरिषद्को बैठकले शर्मालाई यही असोज ८ गते पदबाट हटाउने निर्णय गरेको थियो ।

शर्मामाथि वार्षिक आम्दानीमा गडबड गरेको, साझाकै लोगोमा व्यक्तिगत तरिकाले पुस्तक प्रकाशन गरेको, पुस्तक बिक्री–वितरणको हिसाब–किताब दुरुस्त नराखेको लगायतका भ्रष्टाचार र अनियमितताको आरोप छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?