Comments Add Comment

धरहराको पुनर्निर्माण प्राधिकरणले नै गर्ने


२४ असोज, काठमाडौं । भूकम्पले ध्वस्त बनाएको साँढे दुई वर्षपछि धरहरा पुनर्निर्माणको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैंले गर्ने तयारी गरेको छ । नेपाल टेलिकमले धरहराको पुनर्निर्माणबाट हात झिकेपछि प्रधिकरणलेयस्तो तयारी गरेको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले धरहरा पुनर्निर्माणको काम प्राधिकरण आफैंले गर्नुपर्ने अवस्था आएको बताए ।

उनले धरहरा पुनर्निर्माणको काम गर्ने दावी गर्दै आएको काठमाडौं महानगरपालिकाको क्षमता नै नभएको दावी समेत गरे ।

धरहरा पुनर्निर्माणबारे छलफल गर्न आयोजित मंगलबार आयोजित सरोकारवाला निकायबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले धरहरा पुनर्निर्माणका लागि सरोकारवाला निकायहरुसँग क्षमता नभएको कुरालाई स्वीकार गरेर अघि बढनुको विकल्प नरहेको स्पष्ट पारे ।

धरहरा पुनर्निर्माणको काम गर्न पुरातत्व विभाग, काठमाडौं महानगरपालिकालगायतका निकायले चासो दिँदै आएका छन । तर ती सबै निकायले धरहरा बनाउने सोच बनाएपनि उनीहरुसँग सो काम पूरा गर्ने क्षमता नभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निष्कर्ष छ ।

प्राधिकरणले धरहरा निर्माणका लागि सरोकारवाला निकायहरुबीच एक्सन कमिटी बनाउने र त्यसको विस्तृत डिजाईन गर्ने काम भने कुनै ‘कन्सल्टयान्ट’ लाई दिने योजना समेत बनाएको छ । धरहराको पुनर्निर्माणको काम कसलाई दिने भन्ने सम्बन्धमा तयार पारेको प्रस्ताव मन्त्रीपरिषदमा विचाराधीन अवस्थामा छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले धरहरा पुनर्निर्माणको काम आफैंले गर्ने वा कसलाई दिने भन्ने निर्णय गर्ने काम प्राधिकरण आफैको भएको पनि प्रस्तावमा उल्लेख गरिएको स्पष्ट पारे ।

भूकम्प गएको साँढे २ वर्ष बित्दासमेत विश्व सम्पदा सूचीमा सूचीकृत धरहराको पुनर्निर्माणको काम सुचारु नभएकोमा सर्वत्र आलोचना हुँदै आएको छ । केपी ओली नेतृत्वकेा सरकारले ‘मेरो धरहरा म आफै बनाउछु’ भन्ने अभियान सुरु गरेपनि त्यसले अझै ठोस आकार लिन सकेको छैन ।

नेपाल टेलिकमले धरहरा बनाउने भनिएपनि विभिन्न प्राविधिक कुरामा विवाद भएपछि टेलिकम धरहरा पुनर्निर्माणबाट पछि हटेको छ ।

उसले धरहरा छेउमै मल बनाउन पाउनुपर्ने माग गरेपछि पुरातत्व विभागले त्यसमा आपत्ति जनाएको छ । ठूलो लगानी उठ्ने ग्यारेन्टी नहुने भएपछि टेलिकमले त्यसमा लगानी गर्न चासो दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment