Comments Add Comment

प्रदेश र प्रतिनिधिसभा चुनाव तोकिएकै मितिमा हुन्छः मन्त्री थापा

२५ असोज, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रदेशसभा र प्रतिनिधिसभा चुनाव तोकिएकै मितिमा हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

मन्त्री थापाले आगामी मंसिर १० र २१ गते नै प्रदेशसभा र प्रतिनिधिसभा चुनाव गराउन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रियसभाको निर्वाचन सम्बन्धी कानून छिट्टै निर्माण हुने दावी समेत गरे ।

कांग्रेस नेतासमेत रहेका उनले समानुपातिक प्रतिनिधित्वको आधारमा राष्ट्रियसभाको निर्वाचन गराउने सरकारको अडान संविधानको मर्म अनुसार भएको पनि उल्लेख गरे ।

मन्त्री थापाले सरकार सबै दलको सहमतिमा राष्ट्रियसभाको निर्वाचन सम्बन्धी कानुन बनाउन लागि परेको पनि स्मरण गराए ।

मन्त्री थापाले सरकारले पूर्व प्रदाधिकारीहरुको सेवा र सुविधा सम्बन्धी कानून निर्माण गर्ने विषयमा देखिएको असहमतिलाई सम्बोधन गर्न लागि परेको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment