Comments Add Comment

साम्राज्ञी यूके जान पाइनन्, ‘इन्टु मिन्टु लण्डनमा’ के हुन्छ ?


भदौ १६ गते रिलिज भएको चलचित्र ‘ए मेरो हजुर २’का लागि यसकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले एक महिना अगाडि अर्थात भदौको सुरुवातमै सबै मिडियामा इन्टरभ्यू दिइसकेकी थिइन् । उनले, यस्तो हतारो गर्नुको मुख्यकारण थियो यूकेको यात्रा । नायिका शाह चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को लागि यूके जानुपर्ने थियो, यसैले उनले हतारो गरिन् ।

तर, ‘ए मेरो हजुर २’को प्रमोशनका लागि समय दिन नसक्ने भन्दै रिलिजको एक महिना अगाडि नै मिडियामा दौडिएकी साम्राज्ञी अहिलेसम्म नेपालमै छिन् । उनी, चलचित्रको मोफसल टुरमा पनि पुगिन्, चलचित्र रिलिज हुँदा हल-हलमा पनि पुगिन् ।

यसको पछाडिको कारण थियो, नायिकाले यूकेका लागि एप्लाइ गरेको भिसा नआउनु । चलचित्रकी निर्देशक रेनशा वान्तवा राइ र नायक धिरज मगर यूके पुगे पनि साम्राज्ञी भने भिसा नआएका कारण पुग्न सकिनन् । जसकाकारण, छायांकन प्रभावित भएको छ । साम्राज्ञीको पासपोर्ट नेपालस्थित बेलायती राजदुतावासले फिर्ता गरिसकेको वुझिएको छ । नेपालको सम्पूर्ण छायांकन सकेर रेनशा यूकेको छायांकना लागि उडेकी थिइन् । साम्राज्ञीलाइ यूकले भिसा नदिएपछि अब ‘इन्टु मिन्टु लण्डनमा’को सम्पूर्ण सेड्यूल प्रभावित भएको छ ।

यस्तै, कात्तिक ७ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘लिलिबिली’की नव-नायिका रेविता गुरुङलाइ पनि यूकेले भिजा दिन मानेन । यो चलचित्रको सम्पूर्ण छायांकन यूके र स्कटल्याण्डमा हुनेछ । चलचित्रका नायक प्रदिप खड्काको भने भिसा आइसकेको छ । रेविताको भिसा समस्याका कारण चलचित्रको छायांकन प्रभावित हुन्छ या हुँदैन, त्यो केही दिनमै थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment