Comments Add Comment

राजपामा प्रवेश गरेको भोलिपल्टै कांग्रेसमा

२५ असोज, सप्तरी। अहिले एक पार्टीबाट अर्काे पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ । खासगरी चुनावको समयमा पार्टी प्रवेश गर्ने क्रम बढी चल्छ, जसबाट सप्तरी पनि अछुतो छैन ।

तर, एउटा पार्टीको प्रवेश गरेको एक दिन नबित्दै अर्को पार्टीमा प्रवेश गरेको बिरलै सुन्न पाइन्छ । सप्तरीमा भने यस्तै भएको छ ।

हालै सम्पन्न भएको स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित भएका एक नेता राजपामा प्रवेश गरेको भोलिपल्टै कांग्रेसमा प्रवेश गरेका छन् ।

बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बहादुर सदा मंगलबार राजपामा प्रवेश गरेका थिए । बुधबार उनी कांग्रेस भएका छन् ।
उनको भनाइलाई मान्ने हो भने राजपाका नेता अनिल रायले आफूलाई झुक्कयाएर पार्टी प्रवेश गराएका थिए । राजपामा प्रवेश गर्न आफ्नो मन नमानेका कारण कांग्रेसमा प्रवेश गरेको उनले बताएका छन् ।
कांगे्रस सप्तरीका सभापति दिनेश कुमार यादवले सदालाई माला अविर लगाई पार्टी प्रवेश गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment