Comments Add Comment

शंकर पोखरेलको विश्लेषणः संवैधानिक अंग जोगाउन वाम गठबन्धन

किन भत्कायो एमालेले कांग्रेस माओवादी गठबन्धन ?

२६ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीको साथ लिएर अदालत, प्रहरी, संवैधानिक निकाय र कर्मचारी प्रशासनमा हस्तक्षेप गर्न थालेपछि कांग्रेस माओवादी गठबन्धन भत्काउनु परेको एमाले नेता शंकर पोखरेलले बताएका छन् ।

भरतपुर प्रकरणमा देउवाले अदालत र निर्वाचन आयोगलाई समेत प्रभावित पारेपछि एमालेले गठबन्धन भत्काउन अग्रसरता लिएको पोखरेलको तर्क छ ।

राज्यका संवैधानिक अंगहरुलाई देउवाले आफ्नो निर्देशनमा चलाउन थालेपछि वाम गठबन्धन एमालेको कर्तव्य बनेको एमाले स्थायी कमिटी सदस्य तथा अध्यक्ष केपी ओलीका थिंक ट्यांक मानिने पोखरेलले बताए । उनले भने-राज्य जोगाउने कर्तव्यबाट प्रमुख प्रतिपक्षी दल पछि हट्न सक्दैन, हामीले त्यही गरेका हौं ।

पोखरेलले अदालतको स्वतन्त्र भूमिका पछिल्लो समयमा देखिन छाडेको आरोपसमेत लगाए । उनले भने-पछिल्लो समयमा अदालतको स्वतन्त्र भूमिका देखिन छाड्यो । सत्ता जे गर्छ अदालत त्यसको रबर स्ट्याम्पको रुपमा प्रयोग भयो । नत्र न्यायाधीशलाई महाअभियोगको त्रासमा राख्न थालियो ।

प्रधान न्यायाधीशमाथिको महाभियोग, प्रहरीमा राजनीतिक हस्तक्षेप गरेर आइजीपी नियुक्ति, भरतपुर लगायतका प्रकरणमा निर्वाचन आयोगको भूमिका र मुख्य सचिवलाई सहसचिव सरहको जागिरमा पठाएर कर्मचारीतन्त्र सिध्याउन खोजिएपछि गठबन्धन भत्काउनुपरेको उनले बताए ।

पोखरेलले भने- पहिलो कुरा त उहाँहरुले सत्ता गठबन्धनको औचित्य प्रमाणित गर्न सक्नुभएन । अलोकतान्त्रिक अभ्यासतर्फ जानुभयो । राज्यका सबै अंगहरुलाई रबर स्ट्याम्प बनाउन थाल्नुभयो, त्यसैले हामीले त्यसलाई भत्काउनु परेको हो ।

कांग्रेस माओवादी गठबन्धन कायम रहँदा राष्ट्रिय हित, राज्यका संयन्त्र र शक्ति पृथक्कीकरणको सिद्धान्त कमजोर हुने र सम्वृद्धिको बाटो पनि रोकिने भएकाले माओवादीलाई आफूतिर तानेर बलियो बामपन्थी गठबन्धन बनाउन खोजेको पोखरेल स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment