Comments Add Comment

‘ऋतिक भर्सेस टाइगर’मा बाणी कपुर फाइनल


जुन दिनदेखि बलिउडकै चर्चित चलचित्र निर्माण कम्पनी यशराज फिल्मस्ले नयाँ चलचित्रको घोषणा गर्‍यो, सोही दिनदेखि बलिउडकर्मीविच खैलावैला नै मच्चिएको छ । यसको पछाडिको कारण, चलचित्रका मुख्य २ नायकको अनुवन्धन हो ।

यो चलचित्रमा बलिउडका दुइ चर्चित डान्सर नायक ऋतिक रोशन र टाइगर श्राफले काम गर्दैछन् । ऋतिकलाई टाइगरले आफ्नो आइडल मान्दै पनि आएका छन् । यो चलचित्रको नाम ‘ऋतिक भर्सेस टाइगर’ राखिएको छ ।

यो महत्वकांक्षी चलचित्रका लागि नायिकाको खोजी पनि लामो समयदेखि भैरहेको थियो । अब, यशराज फिल्मस्ले नायिका पनि पक्का गरेको छ । चलचित्रमा नायिका बाणी कपुरले काम गर्ने पक्का भएको छ । बाणीलाइ लिएर यशराजले निर्माण गरेको चलचित्र ‘वेफिक्रे’ पूर्ण रुपमा असफल भएको थियो ।

चलचित्रमा बाणी ऋतिककी जोडीको रुपमा देखिनेछन् । चलचित्रलाइ सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन् । उनले भारतीय मिडियासँग भने-‘यो चलचित्रमा एक मात्र नायिका रहनेछिन्, जो ऋतिककी प्रेमिकाको रुपमा देखिदैछिन् । मैले चलचित्रका लागि फ्रेस इनर्जी भएकी नायिकाको खोजी गरिरहेको थिएँ । मलाई बाणी यो भूमिकाका लागि एकदमै फिट लाग्यो ।’ बाणीले आफ्नो अभिनयले मात्र नभइ नृत्यले पनि सबैको ध्यान तानेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment