Comments Add Comment

नेपाल भर्सेस हङकङः पाँच ‘मिनी’ भिडन्त, जसले खेलको नाजिता प्रभावित पार्न सक्छ

२६ असोज, काठमाडाैं । विश्व क्रिकेट लिग च्याम्पियनसिपको अर्को श्रृंखला अन्तर्गत नेपालले शुक्रबार हङकङको मिसन रोड क्रिकेट ग्राउण्ड मोङकाङमा घरेलु टोलीवरुद्ध खेल्दैछ ।

दुवै टिम विश्वकप छनोटमा स्थान बनाउनका लागि खेल जित्न आतूर छन् ।

खेलको अघिल्लो दिन नेपालाई एउटा झड्का लागेको छ, शरद भेषावकर नखेल्ने । हङकङ पुगेपछि ज्वरो आएका कारण नेपाली टोलीका भरपर्दा ब्याट्सम्यानले दुबै खेल गुमाएका छन् र नरेश बुढायरलाई टिममा बोलाइएको छ ।

यद्यपि हङकङबिरुद्ध उत्रँदा नेपाली टोली मनोवैज्ञानिक रुपमा केहि माथि हुनेछ । किनकी मार्च २०१७ मा एसीसी इमर्जिङ टिम्स कपमा राइनोजले हङकङलाई ७ विकेटले हराएको थियो ।

तर, यस फाइदा यो तथ्यको तुलनामा कमजोर रहनेछ कि हङकङ घरमै परिचित मैदानमा खेल्दैछ । कप्तान पारस खड्का र सन्दिप लामिछानेलाई बाहेक बाँकीले पहिलो पटक हङकङमा खेल्दैछन् ।

नेपाल र हङकङबीचको प्रतिद्वन्द्वीता २००० देखि सुरु भएको हो । यूएईमा भएको एसीसी ट्रफीमा हङकङले नेपाललाई १७९ रनको ठूलो स्कोरमा हराएको थियो ।

त्यसैगरी इन्टर कन्टिनेन्टल कप २००५ को क्रममा नेपालले घरेलु मैदानमा हङकङसँग तीनदिवसीय प्रतियोगिता खेलेको थियो । वर्षाले प्रभावित त्यस खेल बराबरीमा सकिएको थियो ।

सन् २०१४ मा नेपालले एसीसी पि्रमियर लिगमा हङकङलाई ७ विकेटले हराएको थियो । त्यस खेलमा कप्तान पारस खड्काले अविजित ४३ रन तथा बलर सोमपाल कामीले ४ विकेट लिएका थिए ।

यहाँ हामीले दुवै टोलीका प्रमुख खेलाडीबीचको रोचक ‘मिनी’ प्रतिस्पर्धाबारे चर्चा गर्नेछौं, जसले खेलको नतिजा प्रभावित पार्न सक्छ ।

१.
अन्सुमन रथ भर्सेस सोमपाल कामी

हङकङका उदयीमान ओपनर अंशुमन रथलाई अहिले टिमको उपकप्तानको रुपमा पदोन्नती गरिएको छ । १९ वर्षीय बायाँ हाते ब्याट्सम्यानले भोलिको खेलमा हङकङको ओपनिङ गर्नेछन् ।

हङकङले गतिलो सुरुवातका लागि टिमले उमाथि निकै भरोसा गर्नेछ र छिट्टै नै विकेट लिन सकेमा नेपालले घरेलु टोलीलाई थोरै स्कोरमा रोक्न सक्नेछ । यो काम नेपाली ओपनिङ बलर सोमपाल कामीले गर्न सक्छन् । खेलमा यी दुईबीचको प्रतिस्पर्धा रोचक बन्न सक्छ ।

२.
निजाकात खान भर्सेस पारस खड्का

लेग स्पिनर निजाकात खान टिमका सबैभन्दा अनुभवी खेलाडी हुन् । खान एक किफायती स्पिनर हुन्, जो मध्यम ओभरमा निक्कै प्रभावशाली बन्न सक्छन् । उनलाई नेपाली कप्तान पारस खड्काले कसरी झेल्छन्, त्यो हेर्नलायक हुनेछ ।
दुवै मध्यम ओभरका नायक मानिन्छन् ।

३.
इशान खान भर्सेस बिनोद भण्डारी

नेपाली विकेट किपर विनोद भण्डारी केहि समयदेखि ब्याटिङमा चुप छन् । तर, उनी स्पिनरहरुका लागि जुनसुकै बेला टाउको दुखाई बन्न सक्छन् । स्पिनर इशान खान, जसको अहिले इकोनोमी रेट ३.९५ छ । उनी यस्ता बलर हुन सक्छन्, जसबिरुद्ध बिनोद भण्डारी आफ्नो र्फम फिर्ता ल्याउन सक्छन् ।

तर, खानले कुनै पनि बेला भण्डारीलाई समस्यामा पार्न पनि सक्छन् ।

४.
बाबर हायत भर्सेस सन्दिप लामिछाने

हङकङका कप्तान बाबर हायत धेरै हदसम्म आफ्ना पूरै टिमका लागि खम्बा हुन् । उनी टिमका यस्ता खेलाडी हुन्, जसलाई स्पिनरसँग कसरी खेल्नुपर्छ भन्ने राम्रोसँग थाहा छ ।

उनी नेपालका उत्कृष्ट स्पिनरहरु बसन्त रेग्मी र सन्दिप लामिछानेलाई अप्ठेरोमा पर्न सक्ने क्षमताका छन् । लामिछाने र हायतबीचको प्रतिस्पर्धा खेलमा रोचक हुनसक्छ ।

५.
अंशुमन रथ भर्सेस दिपेन्द्रसिंह ऐरी

हङकङका ओपनिङ ब्याट्सम्यान अंशुमन रथ बलिङ पनि गर्छन्, र टिमका अन्य बलरहरुमध्ये उनको सबैभन्दा कम इकोनोमी रेट छ ।
एकदिवसीय करिअरमा ५६.१ ओभर बलिङ गर्दा बायाँहाते अर्थोडक्स स्पिनरको इकोनोमी रेट मात्रत्र २.९७ रन छ ।

नेपालका ‘व्यस्त ब्याट्सम्यान’ दिपेन्द्रसिंह ऐरीसँग उनको प्रतिस्पर्धा यति रोचक हुनेछ कि यसले खेलको नतिजा निर्धारण गर्न सक्छ । ऐरीले सिंगल रन चोर्ने भरपूर प्रयास गर्नेछन्, उता रथ सिंगल बचाउन माहिर मानिन्छन् ।

यसका अलावा हङकङले सन्दिप लामिछानेलाई जवाफ दिन १८ वर्षीय जाथाभेध सुब्रमन्यमलाई टिममा स्थान दिन सक्छ । उनी पनि खेललाई कुनै पनि समय आफू अनुकुल ढाल्न सक्षम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment