Comments Add Comment

प्रहरी जवानको इमान्दारिताः फिर्ता गरे भेट्टाएको ५ लाख

२६ असोज, झापा । असोज २१ गते कनकाई नगरपालिका-३, सुरुङ्गामा यात्रुबहाक बस र ट्याक्टर एकआपसमा ठोक्कियो । दुर्घटनामा एक जनाको मृत्यु समेत भयो ।

घटनाका क्रममा आत्तिएर बसमा सवार एक व्यक्तिले ५ लाख ४० हजार रुपैयाँसहित एक थान मोबाइल झ्यालबाहिर फ्याके । इलाका प्रहरी कार्यालय, सुरुङ्गाका प्रहरी जवान अमृत ठान्दारले कम वेवारिसे अवस्थामा फेला पारेका छन् ।

झोला भेट्टाउने वित्तिकै उनले इप्रकामा जिम्मा लगाएका थिए । प्रहरीले झोला धनीको खोजी गर्दै टिकट काउन्टर, काँकरभिट्टासम्म पुगेको थियो ।

दुर्घनाको ६ दिनपछि बिहीबार दुर्घटनाबाट घाइते भएका बागलुङको ढोरपाटन नगरपालिका-६, बुर्तीवानका मानबहादुर कुमाईलाई ५ लाख ४० हजारसहित रकम बुझाइएको छ ।

नगद हस्तान्तरण गर्दै इलाका प्रहरी कार्यालय, सुरुङ्गाका प्रमुख प्रदिपकुमार सिंह क्षेत्रीले प्रहरीले भेटिएको रकम सम्बन्धित धनीलाई जिम्मा लगाएर कर्तव्य पालना गर्न पाएको भन्दै खुसी व्यक्त गरे ।

कार्यक्रममा वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया, सम्बन्धित नगद धनी मानबहादुर, कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनाल तिम्सिना लगायतले देशमा नैतिकता सकिँदै गएको वेला प्रहरी जवानले नमूना पेश गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment