बिहीबार, २ कार्तिक, २०७४
OnlineKhabar.com

वाम एकताबारे राधाकृष्णको भविश्यवाणी– एमाले ‘प्रो इण्डियन’ बन्छ, ओली कमजोर हुन्छन्

अनलाइनखबर

२७ असोज, काठमाडौं । वामपन्थी नेता राधाकृष्ण मैनालीले माओवादी र एमालेवीच पार्टी एकता भएको खण्डमा केपी ओलीको राष्ट्रवादी धार कमजोर हुने र सिंगै एमाले ‘प्रो इण्डियन’ बन्ने भविश्यवाणी गरेका छन् ।

वाम एकताबारे अनलाइनखबरले सोधेको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वमन्त्री मैनालीले भने– ‘मेरो विचारमा भारतको म्यान्डेट लिएर नै केपी ओलीलाई कमजोर पार्नका लागि यो वाम एकता गर्न लागिएको हो । यो एकतापछि पार्टीभित्र प्रचण्ड, बाबुराम र माधव नेपाल बलिया हुन्छन् र केपी ओलीको धार कमजोर हुन्छ ।’

एकीकृत पार्टीभित्र प्रचण्ड, बाबुराम र माधव नेपाल पक्ष हावी भएपछि एमाले अहिलेको राष्ट्रवादी धारबाट भारतपरस्त धारमा फेरिने मैनालीको विश्लेषण छ ।

केपी ओलीलाई कमजोर बनाएर सिंगो पार्टीलाई ‘प्रो इण्डियन’ बनाएको खण्डमा भारतलाई ठूलो फाइदा हुने मैनालीले तर्क गरे ।

नेपाली कांग्रेस कमजोर हुँदै गइरहेकाले भारतले ओलीलाई घेराऊ गर्न र कमजोर बनाउनका लागि बाबुराम–प्रचण्डलाई एमालेमा पठाउन लागेको मैनालीले दाबी गरे ।

अहिलेको वाम एकता चीनले भनेर गर्न लागिएको नभई भारतको सल्लाहमा हुन लागेको मैनालीको तर्क छ । उनले अनलाइनखरसँग भने– ‘चीनले भन्दैमा प्रचण्डले मान्ने भए उनले केपी ओलीको सरकार ढालेर कांग्रेससँग गठबन्धन नै गर्ने थिएनन्, प्रचण्ड चीनले भनेर मान्दैनन् । भारतले संकेत नगरी यो वाम एकताको पहल भएको होइन ।’

२०७४ असोज २७ गते १५:०५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

७ प्रतिकृयाहरू प्राप्त
  • Sanjay Kumar Yadav लेख्नुहुन्छ    |   २०७४ असोज २७ गते ११:१०

    Kata kata unko bhanaie sahi jasto lagcha. Yesto hunu ko sambhawana cha. Kinbhane pranchand ko thegan chain. Kahile madesh love ta kahile bam ekta. Ta kahile prancha path. Prgatisil ko nam ma unka bichar haru ulto tir ko pragatisil cha.

    21
    8
    Share

  • Ramesh Pokhrel लेख्नुहुन्छ    |   २०७४ असोज २७ गते ११:१८

    जोखाना हेर्न जान्ने मान्छे ऐले आँफै कसरी यो ठाउँमा छ् ? पानी मा पादे जस्तो कुरा गर्छ ।

    26
    11
    Share

  • सुरेन्द्र राई (दिवू) लेख्नुहुन्छ    |   २०७४ असोज २७ गते ११:५७

    यसरी एमाले कमजोर भयो भने नेपाल र नेपाली जनताको लागि घात हो । आशा गरौं । त्यस्तो नहोला । बाम एकतापछि पार्टिमा आन्तरीक कलह भएन भने देशमा विकासको साथै जनताको न्यूनतम् आधारभूत आवश्यकताहरुको संबोधन हुन्छ । यो अधिकांश जनपेंक्षा हो र केहि दशक कम्यनिष्ट एकाधिकारमा सरकार संचालन हुन्छ ।

    2
    0
    Share

  • Naresh लेख्नुहुन्छ    |   २०७४ असोज २७ गते १६:००

    आर के मैनाली को थियो, के, के गर्यो र अहिले के गर्दै५ भन्ने सवैले चिनेकै हुन । उनले महाराजको सेवामा कसरी वोल्दा फाईदा हुन्छ भन्ने विषयकाृ विचार गमेर मात्र बोल्छन । यो वाम एकता प्रति जनतामा भ्रम दिएर कार्यकर्तामा फाटो ल्याई वाम एकता भाड्ने प्रभुको इच्छा पुरा गर्ने उनि असल हुन भन्दा सायद अतियुक्ति नहोला ।

    3
    1
    Share

  • suresh kandel लेख्नुहुन्छ    |   २०७४ असोज २७ गते १६:२१

    कहिँकतै सड्यन्त्र त छ नै तर यस्ताे सपना देख्नेहरूकाे सपना पुरा नहाेस अाशा गराै ।

    3
    1
    Share

  • Basudevgautam लेख्नुहुन्छ    |   २०७४ असोज २८ गते ७:३६

    Kura this ho 100%.

    0
    0
    Share

  • Basudevgautam लेख्नुहुन्छ    |   २०७४ असोज २८ गते ७:३८

    Kura thik cha 100%.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this