Comments Add Comment

माओवादी मन्त्रीले राजीनामा देलान् ?

२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कमल थापालाई उपप्रधानमन्त्री बनाएर सरकार विस्तार गरेपछि माओवादी नेतृत्वमा तरंग आएको छ । पछिल्लो परिस्थितिबारे माओवादी नेताहरु प्रचण्ड निवासमा पुगेर छलफल गरेका छन् । छलफलमा गृहमन्त्री जनार्दन शर्मा लगायतका नेताहरु सहभागी थिए ।

प्रधानमन्त्री देउवाले शुक्रबार साँझ सरकार विस्तारसम्बन्धी पत्र राष्ट्रपतिलाई बुझाएका छन् । कमल थापालाई उपप्रधानमन्त्री बनाइएको छ भने राप्रपाबाट ४ मन्त्री र ४ राज्यमन्त्री थपिएको छ ।

निर्वाचन आयोगले आचारसंहिता विरीत हुने भन्दै सरकार विस्तार नगर्न पटक-पटक सम्झाए पनि प्रधानमन्त्रीले त्यसलाई अटेर गर्दै राप्रपाका नेताहरुलाई सकारमा ल्याएका हुन् । उनीहरुलाई शनिबार सपथ खुवाउने प्रधानमन्त्रीको योजना छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार माओवादी मन्त्रीहरुले राजीनामा दिनेमा प्रधानमन्त्री देउवा विश्वस्त देखिएका छन् । देउवा निकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘माओवादी मन्त्रीहरुले भोलि (शनिबार) साँझसम्म वा पर्सि राजीनामा दिन्छन् ।’

माओवादीले के गर्ला ?

प्रधानमन्त्री निकट स्रोतले माओवादी मन्त्रीहरुले राजीनामा दिने दाबी गरे पनि माओवादी नेताहरु भने यसबारे प्रधानमन्त्रीसँग कुनै कुराकानी र सहमति नभएको बताउँछन् ।

माओवादीका एक नेताले अनलाइनखबरसँग भने, ‘हाम्रा मन्त्रीहरुले राजीनामा दिनेबारे प्रधानमन्त्रीसँग कुनै छलफल भएको छैन । प्रधानमन्त्रीले आफ्नै ढंगले यो कदम चाल्नुभएको हो, हामी यसबारे लाजिम्पाटमा आन्तरिक छलफल गरेका छौं, भोलि पार्टीको धारणा सार्वजनिक हुन्छ ।’

माओवादी केन्द्रका एक नेताका अनुसार शनिबार पार्टीको बैठक बोलाइएको छ र बैठकले नै आवश्यक निर्णय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment