Comments Add Comment

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकतामा कुरा मिलेन

लोकतान्त्रिकले बुझायो समानुपातिकको सूची

२९ असोज, काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता तत्काललाई टरेको छ । यद्यपि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता नगरुन्जेलसम्म सहमतिको प्रयास जारी राख्न दुबै दल सहमत भएका छन् ।

पार्टी एकताको विषयलाई आज टुंगो लगाउने भनेर कांग्रेस र फोरम लोकतान्त्रिकका नेताहरुको संयुक्त बैठक आज बसेको थियो । बिहान ८ बजेदेखि करिब ५ पाँच घण्टासम्म चलेको छलफल निष्कर्षविहीन भएपछि फोरम लोकतान्त्रिकका नेताहरु समानुपातिकतर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगको कार्यालय गएका थिए ।

फोरम लोकतान्त्रिकका नेता योगेन्द्र चौधरीले अनलाइनखबरसँग भने, ‘कांग्रेससँग एकताको कुरा नमिलेपछि वार्ता छाडेर हामी हाम्रै पार्टीको नामबाट समानुपातिकको बन्दसूची बुझाउन निर्वाचन आयोगमा आयौं

यद्यपि प्रत्यक्ष निर्वाचनको उम्मेदवारी नदिँदासम्म यो वार्तालाई जारी राख्ने सहमति भएको उनले जानकारी दिए ।

कांग्रेसले आन्तरिक तयारी नगरेकाले एकतामा कुरा नमिलेको चौधरीले बताए । ‘कहाँ छाड्ने कहाँ दिने भन्नेमा उहाँहरु नै स्पष्ट हुनुहुन्न,’ चौधरीले भने, ‘यता सहमति पनि नहुने र बन्द सूची बुझाउने समय पनि घर्किने स्थिति देखेपछि हामी वार्ताबाट उठ्यौं ।’

चौधरीका अनुसार फोरम लोकतान्त्रिकले देशभरका लागि समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment