Comments Add Comment

अखण्ड नेपाल पार्टी कांग्रेसमा समाहित

२९ असोज, काठमाडौं । अखण्ड पार्टी नेपाल नेपाली कांग्रेसमा समाहित भएको छ ।  पार्टी एकीककरण गर्न आज राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका अध्यक्ष पूर्वमन्त्री कुमार खड्कालगायतका नेतालाई अबिर र फूलमालासहित स्वागत गरे ।

कार्यक्रममा सभापति देउवाले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि लोकतन्त्रवादी शक्ति एक हुनुपर्नेमा जोड दिए । लोकतन्त्रवादी शक्ति एक नभए अहिलेसम्मका उपलब्धि गुमेर अधिनायकवादी शक्ति हाबी हुन सक्ने उनको भनाइ थियो ।

पार्टी कांग्रेसमा समाहित भएपछि रासससँग कुरा गर्दै नेता खड्काले लोकतन्त्रको सुदृढीकरणका लागि पार्टी एक भएको बताए । कात्तिक ५ गतेपछि पोखरामा बृहत् एकीकरण सभा गरिने जानकारी पनि उनले दिए ।

अखण्ड पार्टीलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायत केन्द्रीय नेताले स्वागत गरेका थिए ।

दोस्रो संविधान सभा निर्वाचनपछि समानुपातिक सांसद निर्वाचित भएका खड्काले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको कार्यभारसमेत सम्हालीसकेका छन् ।

पार्टीका नेता कार्यकर्तालाई कांग्रेसमा सम्मानजक स्थान दिने विषयमा आजै कांग्रेस सभापति देउवासँग सहमति भएको नेता खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment