+
+
Shares

लागूऔषधसहित २ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ३१ गते १०:०७

३१ असोज, कैलाली । कैलाली प्रहरीले मंगलबार बिहान लागू औषधसहित २ जनालाई पक्राउ गरेको छ । भारतबाट लुकाइ छिपाइ लागू औषध ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्रिनगर प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा धनगढी उपमहानगरपालीका वडा नम्बर ४ का २२ वर्षीय भुपेन्द्र भट्ट र डडेल्धुरा दमडा गाउँपालिका–४ का करन भाटलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले २३ ट्याब्लेट स्पास्मो, १२ ट्याब्लेट नाईट्रोभेट, ३ पिस कोपट्याब लागू औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?