+
+

सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ३१ गते ९:२२

३१ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठवन्धन गरेको माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि माओवादी अध्यक्ष प्रचण्डले सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने सम्वन्धी निर्णयको पत्रमा हस्ताक्षर गरेका छन् ।

सरकार छाडेको जानकारी दिन गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेपछि माओवादीले सरकार छाड्न लागेको हो । देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाउने चेतावनी दिएका छन् ।

माओवादीले वाम गठवन्धनमा भए पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहने बताउँदै आएको छ ।

तर, प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सामेल गराएपछि माओवादी केन्द्र असन्तुष्ट बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?