Comments Add Comment

१६ नेपालीलाई यूएई पुर्‍याएर अपत्र पार्ने चार जना पक्राउ

३१ असोज,काठमाडौं । १६ जना नेपाली युवालाई यूएई पुर्‍याएर अलपत्र पार्ने चार जना पक्राउ परेका छन् ।

दुवईमा आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिषा’मा यूएई पुर्‍याएर अलपत्र परेका १६ जना नेपालीहरुको जाहेरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बागलुङ हटिया नगरपालिकाका ३८ वर्षे ईश्वर भण्डारी, गोरखाको साविकको मान्वु-७ का २७ वर्षे विर्धमान गुरुङ, सोही ठाउँकै ३१ वर्षे मिन भनिने राजु घले र कैलालीको लम्कीचुहा-४ का भानु ढकाल रहेका छन् । उनीहरु मेनपावल कम्पी तथा ट्राभल्स संचालकहरु हुन् ।

पक्राउ परेका चार जनालाई नै काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको सीआईबीले जनाएको छ ।

यूएईमा अलपत्र परेका १६ जना युवाहरुलाई अवुधाबीस्थित नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघ-एनआरएनए) यूएईको पहलमा नेपाल पठाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment