+
+

दुवै चरणको मतदान सकिएपछि मात्र मतगणनाः निर्वाचन आयोग

१० मंसिरमा चुनाव भएका जिल्लाको मतगणना २१ मंसिर साँझदेखि मात्रै

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १ गते १०:०५
फाइल तस्वीर

१ कात्तिक, काठमाडौं । पहिलो चरणमा मतदान गरेका मतदाता र उम्मेदवारले परिणामका लागि भने १० दिन कुर्नुपर्ने भएको छ । दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्र पहिलो चरणको मतगणना सुरु हुनेछ ।

१० मंसिरमा ३१ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तालिका छ । २१ मंसिरमा थप ४६ जिल्लामा मतदान हुनेछ । ७७ वटै जिल्लामा निर्वाचन सकिएपछि मात्र एकसाथ मतगणना थाल्ने तयारी आयोगले गरेको हो ।

जनशक्तिको कमि र दोस्रो चरणको चुनाव प्रभावित हुने भएकाले मतगणना एकैपटक गर्न लागिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यसअघि स्थानीय तहको निर्वाचनमा भने मतदान सकिएलगत्तै मतगणना सुरु भएको थियो । त्यतिबेला पहिलो, दोस्रो र तेस्रो चरणका निर्वाचनको अवधि लामो थियो ।

३१ वैशाखमा पहिलो, १४ असारमा दोस्रो र २ असोजमा तेस्रो चरणको चुनाव भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको दुई चरणको अवधि १० दिन मात्र छ । सोही कारण सबै पक्षलाई विचार गरेर मतगणना एकैपटक गर्न लागिएको ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?