Comments Add Comment

चाडपर्वको मौकामा तस्कर सक्रिय

४ लाख मूल्य बराबरको पटाकाजन्य सामग्री प्रहरीद्धारा नस्ट

१ कार्तिक, बारा । चाड पर्वको मौका छोपी बाराका बिभिन्न नाकामा विभिन्न सामान तस्करहरु सक्रिय बनेका छन् ।

जिल्लाका नाकाहरुबाट तस्करहरुले भन्सार छली भारतीय सामान भित्र्याउने क्रम बढाएका छन् ।

चाडपर्वमा यस्ता अवैध कामहरु बढ्ने गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले नाकाहरुमा विशेष निगरानी गरिएको बताए ।

उपरीक्षक बैदवारले पछिल्ल्ाो हप्तामात्रै धोती साडी १३२ थान, लेडिज साडी ८ थान, लेडिज पछयोउरा १६ थान,लेडिज जुत्ता ३९ थान, कुर्ता सरुवाल ५० थान, कोल्गेट टुथपेष्टको १२ काटुन लगायतका भन्सार छली भारतबाट भित्र्याइएका सामनहरु बरामद गरिएको बताए ।

बराम भएका सामानको मूल्य छ लाख ५० हजार रहेको प्रहरीले जनाएको छ ।

यस्तै भारतबाट अबैध तरीकाले सामान ओसार्ने कार्यमा प्रयोग गरिएकेा चारवटा मोटरसाइकलाई समेत नियन्त्रणमा लिएको पत्रकार सम्मेलन गरी पत्रकारले जानकारी दिएको छ ।

तिहारको मौका छोपी भारतीय सिमानाबाट लुकाइछिपाई नेपाल भित्र्याइएको ४ लाख मूल्य बराबरको पटाकाजन्य सामग्री समेत प्रहरीले बरामद गरी नस्ट गरेको छ ।

जिल्लाको नाकाहरुबाट अबैध रुपमा नेपाल भित्रियाउने माल बस्तुहरुलाई नियन्त्रण गर्नको लागि प्रहरीले बिशेष सयन्त्रण नै बनाएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले बताएका छन् ।

बिभिन्न नाकाहरुबाट अबैध बस्तुहरुलाई भित्र्दै गरेको कारणले गर्दा बारा प्रहरीले असोज महिनामा मात्रै ११ लाख ५० हजार मूल्य बराबरको बस्तुहरुलाई नियन्त्रणमा लिएर भन्सार चलान गरेको प्रहरी नायब साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment