Comments Add Comment

यसरी सजाउनुस तिहारमा आफ्नो घर

काठमाडौं । तिहारमा घर चिरिच्याँट्ट भएन भने लक्ष्मीको आगमन नहुने धार्मिक मान्यता छ । जे भए पनि वर्षदिनमा एक पटक घरलाई फूलमालाले सजाउने, दियोबत्तीले धपक्क बाल्ने, सुगन्धित धूपले मगमगाउने बेला हो यो ।

यही मेसोमा घरलाई नयाँ लुक्स दिन सकिन्छ । यसका लागि थोरै मिहिनेत गरे पुग्छ ।

इन्टेरियरलाई परिवर्तन गर्न केही नयाँ उत्पादन आएका छन् । यसमा क्रिस्टल, मल्टी कलर्ड स्टोन, पर्ल वर्क आदि प्रचलनमा छन् । यहाँ हामी तपाईंलाई तिहारमा घरलाई कसरी सजाउने र कस्तो प्रकारको बत्ति लगाउने भन्नेबारे बताउनेछौं ।

फूलको सजावट

घरमा धेरै फूल सजाउनुको साटो एक वा दुई मालालाई घरको ढोकामा झुण्ड्याउनुस् । यसबाट तपाईंको घर सिम्पल देखिनुका साथै चाडको रौनक पनि प्राप्त हुनेछ ।

रंगोली

घरको मुलद्वारमा रंगोली बनाउँदा घर त सुन्दर देखिन्छ नै, पाहुनाहरुलाई पनि खुशी तुल्याउनेछ । त्यसो त, तपाईं पारम्परिक रंग तथा फूलको प्रयोग गरेर आफ्नै हातले रंगोली बनाउन सक्नुहुन्छ ।

तर, यसो गर्न अल्छी लाग्यो भने बजारमा एक से एक रंगोली किन्न पाइन्छ । मुलद्वारको साथसाथै लिभिङ रुमको सेन्टरमा पनि रंगोली बनाएर घरको शोभा बढाउन सकिन्छ ।

कुनालाई दियोले सजाउनुस्

घरका बत्तिहरु बदल्दा पनि घरको पुरा लुक्स परिवर्तन हुन्छ । र, यसमा दियोले महत्वपूर्ण भूमिका खेल्छ । यो दिपावलीमा घरलाई सजाउन कृत्रिम बत्तिको सट्टा दियोको प्रयोग गर्नुस् । घरको हरेक कुनालाई दियोले सजाउनुस् ।

तोरण र लाल्टिन

घरको मुलद्वारका साथै हरेक कोठाको ढोकामा तोरण लगाउनुस् । यसका लागि तपाईं पारम्परिक पत्ता तथा फूलको तोरणको पनि प्रयोग गर्न सक्नुहुन्छ । अथवा, बजारमा पाइने डिजाइनदार तोरण ल्याएर पनि प्रयोग गर्न सक्नुहुन्छ । मुख्य हललाई सजाउन लाल्टिनको पनि उपयोग गर्न सकिन्छ ।

मैनबत्ति

आजकाल बजारमा कैयौं प्रकारका मैनबत्ति पाइन्छन् । यसबाट तपाईं आफ्नो घरलाई फरक र सिम्पल लुक्स दिन सक्नुहुन्छ । यी मैनबत्तिलाई झ्याल तथा छतमा सजाउन सकिन्छ ।

टी लाइट्स

रंगीन काँचको कन्टेनरमा टी लाइट्स राखेर त्यसलाई ड्रइङ रुम र डाइनिङ रुमको सिलिङमा झुण्ड्याउनुस् । कोही पनि यसमा ठोक्किने डर हुँदैन र यसले घरलाई अत्यन्त सुन्दर लुक्स पनि दिन्छ ।

यसरी सजाउनुस् प्रवेशद्वार

दीपावलीमा रंगोली त बनाइन्छ नै । तर, यदि फूल वा रंगको रंगोलीबाट बोर भइसक्नु भएको छ भने यसपटक क्रिस्टल र बिड्सको रंगोली बनाएर हेर्नुस् । यो विल्कुल अलग देखिन्छ । बजारमा रेडिमेड रंगोली पनि उपलब्ध छन् । चाहेमा घरमा आफैं पनि बनाउन सक्नुहुन्छ । यसमा गणेशजीको मूर्ति सजाउन सकिन्छ ।

पेपर लाल्टिन

तिहारमा कैयन प्रकारका सामान बजारमा पाइन्छन् । यिनीहरुमा एक हो, पेपर लाल्टिन । पेपर लाल्टिनबाट आफ्नो घरलाई सजाउनुस् । यो हेर्दा सुन्दर त देखिन्छ नै, घरमा प्रकाश पनि छर्छ ।

फ्लोटिङ मैनबत्ति

यो दिपावलीमा तपाईं फ्लोटिङ मैनबत्तिको मद्दतले पनि आफ्नो घरको सजावटलाई उत्कृष्टता दिन सक्नुहुन्छ ।

इलेक्ट्रिक लाइट्स

इलेक्टि्रक बत्तिहरु बजारमा जताततै उपलब्ध छन् । यी बत्तिले तपाईं आफ्नो घर सजाउन सक्नुहुन्छ । यी बत्तिमा धेरै भेराइटी पनि पाइन्छन्, जसले तपाईंको घर झलमल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment