Comments Add Comment

नाइजेरियाबाट चिम्पान्जी र बाँदर नेपाल ल्याएर भारत तस्करी, ६ जना पक्राउ

१ कात्तिक, काठमाडौं । नाइजेरियाबाट चिम्पान्जी र बाँदर नेपाल हुँदै भारतमा तस्करी हुने गरेको खुलासा भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले संरक्षित पशुपंक्षीहरुसहित ६ जना तस्करलाई काठमाडौंमा पक्राउ गरेपछि यस्तो खुलासा भएको हो ।

सीआईबीले काठमाडौंको बाँसबारीस्थित सल्लाघारीका सन्जीव भारीको घरबाट नाइजेरियाबाट ल्याइएका जिवित चराचुरुङ्गी, चिम्पाञ्जी र बाँदरहरु बरामद गरेको छ । प्रहरीले तीन भारतीय, दुई नेपाली र एक पाकिस्तानी नागरिकलाई पनि पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बाँसबारीका ४० वर्षीय घरधनी सन्जिव भारी र बाराको डुमरवाना घर घई हाल काठमाडौंको १० कपन बस्ने भन्सार एजेन्ट ४२ वर्षीय राजकुमार तिवारी छन् ।

यस्तै भारतीय नागरिकहरु मोहम्मद उष्मान, मोहम्मद र्फइम र चाँदबाबू मोहम्मद शरीफ सहीद तथा पाकिस्तान कराँचीका जावेद अस्लाम खान पनि पक्राउ परेका छन् ।

उनीहरुलाई बरामद पशुपंक्षीसहित पक्राउ गरिएकाहरुलाई जिल्ला वन कार्यालय हात्तीसारमा बुझाइएको थियो । तर, वन कार्यालयमा पशुपंक्षी राख्ने स्थान नभएकाले बुधबार सदर चिडियाखाना जावलाखेलमा पठाइएको सीआईबीले जनाएको छ ।

चिडियाखानामा दुई वटा चिम्पान्जी, आठ वटा बाँदर, गोल्डेन फेजन चरा ७ वटा, रिङनेट फेजन चरा २ वटा, परेवा ३८ वटा र सुगा ६५ वटा पठाइएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment