यो दुनियामा एउटा परिवार यस्तो पनि छ जहाँ नयाँ बच्चा जन्मिने बेलामा उसका हातखुट्टामा ६–६ औंला होउन् भनेर परिवारका अन्य सदस्यले प्रार्थना गर्दछन् ।
हातखुट्टामा ६–६ औंला भएको यो परिवारको प्रार्थना सायद भगवानले सुनेछन् क्यारे हालै एउटा बच्चा जन्मिएकोमा उसका पनि ६–६ वटा नै औंला छन् ।
ब्राजिलको ब्रासिलियामा यस्तो आनुवंशिक विशेषता भएको परिवार छ । २४ सदस्यीय डि सिल्भा परिवारका उक्त १४ सदस्यका हातखुट्टा ६ औंले छन् ।
यो अद्वितीय परिवारमा सबै सदस्य ६ औंले हुँदा गौरवान्वित छन् । किनकि उनीहरु भीडबाट फरक भएकोमा गर्व गर्छन् ।
हालै ६ औंले छोरा जन्माएका अलेसान्द्रो आफ्नो छोरामा पनि आफूजस्तै गुण सरेकोमा मख्ख छन् ।
आफूहरुको जस्तो अद्वितीय पारिवारिक चिनो दुनियाँका अरु परिवारमा नभएको उनी बताउँछन् ।
अलेजान्द्रो ६ औंले भए पनि उनकी पत्नी कातियाका सामान्य मानिसमा झैं ५ वटा नै औंला थिए । त्यसैले आफुहरुबाट जन्मिने छोराले बाउको बिँडो थाम्ने नथाम्नेमा उनी ढुक्क थिएनन् । जेठो छोरा गुलहेर्मका चाहिँ ६ वटै औंला थिए ।
हातखुट्टामा सामान्यभन्दा बढि औंला हुने आनुवांशिक अवस्थालाई पोलिडेक्टाइली भनिन्छ जुन हरेक १ हजार जन्ममा एक बच्चामा हुन्छ ।
परिवारका २४ सदस्यमध्ये १४ जना ६ औँले भएका कारण यो डि सिल्भा परिवार फेमेली अफ सिक्सको नामले चर्चित छ । एजेन्सी
प्रतिक्रिया 4