Comments Add Comment

कृत्रिम उज्यालोमा हराएको तिहार !

परम्परामाथि आधुनिकताको अतिक्रमण

फाइल तस्वीर

२ कात्तिक, भैरहवा । दुई दशकअघि दीपावली आउन लाग्दा बेग्लै रमाइलो हुन्थ्यो । प्रकृतिले पनि तिहार आउन लागेको आभास दिन्थ्यो, हुस्सु, कुहिरो चिसो मौसम ।

गाउँघरमा भाइटीका लागि तिहारअघि नै दाजुभाइ–दिदीबहिनी जम्मा हुन्थे । मुग्लान पसेका दाजुभाइ दिदीबहिनीको हातबाट टीका लगाउन घर आउँथे । साथीभाइ जम्मा भएर गाउँघरमा मिठो भाकामा देउसी, भैलो खेल्दाको रमाइलो बयानगरी साध्य हुँदैनथ्यो । देउसे र भैलिनीहरुले दिएको आशिषमै लक्ष्मी बास हुने महशुस हुन्थ्यो ।

अहिले भने झिलिमिली बत्तिको ‘आर्टिफिसियल’ उज्यालोमा दीपावली मनाउँदा परम्परागत तिहार एकादेशको कथाझैं बन्न थालेको छ ।

स्नेह, माया, सद्भाव र संस्कारको पर्वको दीपावली । संस्कृतिविद् विजयसागर श्रेष्ठ त्यो संस्कार हराउँदै गएको बताउँछन् । भन्छन्, ‘दिदीबहिनीहरु जतिसुकै टाढा भए पनि घण्टौं हिँडेर उनीहरुका घरमा पुग्थे, दाजुभाइ । अहिलेका मानिस ज्यादै व्यस्त भए । पुराना रितीतिथीहरु र्बिसिसके । माया, स्नेह, सदभाव हरायो । सबै खण्डित भएर गए ।’

रातभर लक्ष्मीको आराधना हुन्थ्यो । अहिले त्यो औपचारिकतामा सीमित बन्दै गएको छ । ‘सर्टकट’ पूजामै सकिन्छ ।

अहिलेका चाडपर्व जाँड, रक्सी र जुवाले थिच्न थालेका छन् ।

परम्परागत देउसी, भैली गीत सुनिन छाडेका छन् । तिनको स्थान अंग्रेजी र हिन्दी फिल्मका भड्किला गीतहरुले लिएका छन् । आधुनिक पप, र्‍यापको चर्को ध्वनीले संस्कृति मिच्दै गएका छन् ।

देउसी, भैली पनि रकम संकलन गर्ने बहाना बनेका छन् ।

पढेलेखेका मानिस समाज बढ्दै गर्दा जनचेतना अझ हराउँदै गएको पाइनु दुःख भएको श्रेष्ठको भनाइ छ । ‘अस्थिर राजनीतिको धक्का संस्कृतिमाथि पर्न थालेको छ । कतै लोप नै भएर जाने चिन्ता बढेको छ,’ श्रेष्ठ भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment