
२ कात्तिक, काठमाडैं । शहरी विकास राज्यमन्त्री तथा राप्रपा कि नेता कुन्ती शाहीले वाम गठबन्धनले भविष्यमा मूलकुमा निरङकुशता ल्याउने डर भएको बताएकी छन् ।
दैलेखी सेवा समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै राज्यमन्त्री शाहीले यस्तो बताएकी हुन् ।
राज्यमन्त्री शाहीले एमाले-माओवादी गठबन्धनले देशमा संकट ल्याउनले टिप्पणी गर्दै यो गठबन्धन देशका लागि खतरा भएको तर्क गरिन् ।
सोही कार्यक्रममा राज्यमन्त्री शाहीले माओवादी केन्द्रलाई सरकारमा बस्ने नैतिकता नभएको बताएकी छन् ।
माओवादीले प्रतिपक्षमा रहेको पार्टीसँग गठबन्धन गरिसकेको भन्दै एउटै गठबन्धन कोही सरकारमा बस्ने कोही प्रतिपक्षमा बस्नु राजनैतिक चरित्र नभएको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4