News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियन गेम्सअन्तर्गत सफ्ट टेनिसमा सहभागी सबै नेपाली खेलाडी पदकविहीन बन्दै बाहिरिएका छन्।
- पुरुष सिंगलमा प्रदीप खत्री दक्षिण कोरिया र फिलिपिन्सका खेलाडीसँग ४–० ले पराजित हुँदै समूह चरणबाट बाहिरिए।
- महिला सिंगलमा जर्जिया चौधरी मंगोलिया र जापानका खेलाडीसँग समान ४–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन्।
६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत सिंगलतर्फ प्रदीप खत्री र जर्जिया चौधरी जितविहीन रहँदै बाहिरिएका छन् ।
जापानको हिगाशियामा पार्क टेनिस सेन्टरमा मंगलबार भएको पुरुष सिंगलमा नेपालका प्रदीप समूह चरणबाट दुवै खेलमा पराजित हुँदै बाहिरिए । पहिलो खेलमा दक्षिण कोरियाका हान्युल लीसँग ४–० ले पराजित भएको प्रदीप दोस्रो खेलमा फिलिपिन्सका जोसेफ अर्सिलासँग समान ४–० ले नै पराजित हुन पुगे ।
महिला सिंगलतर्फ नेपालकी जर्जिया मंगोलियाकी नामुन्खुसलेन एर्देमबिलेग र जापानकी तेम्मा रेनासँग समान ४–० ले पराजित भइन् ।
मिक्स्ड डबल्समा जर्जिया र कमल भण्डारीको जोडीले एक खेल जितेर दोस्रो चरणमा पुगेपनि त्यसपछि अगाडी बढ्न सकेनन् । उनीहरु इन्डोनेसियाका फर्नान्डो सांगेर र आरासी सिटीको जोडीसँग ५–१ ले पराजित हुँदै बाहिरिए ।
मेन्स टिममा प्रदीप खत्री, कमल भण्डारी र व्रिजेश पाण्डेको नेपाली टिमले समूह चरणमा दुवै हार बेहोर्यो । उनीहरु दक्षिण कोरिया र इन्डोनेसियासँग समान ३–० ले पराजित भए । मेन्स सिंगलमा प्रदीप जितविहीन बने भने कमलले एक खेलमा जित निकाले ।
उनले लाओसका फात्थाना लुआङसिसोम्बाथलाई ४–३ ले हराएपनि समूह चरणबाट अगाडि बढ्न सकेनन् ।
उनी पहिलो खेलमा चाइनीज ताइपेइका यु–सुङ चाङसँग पराजित भएका थिए । सफ्ट टेनिसमा सहभागी सबै नेपाली खेलाडी पदकविहीन बन्दै बाहिरिएका छन् ।
प्रतिक्रिया 4