+

२०औं एसियन गेम्स: कराते टिम काताबाट पनि आएन मेडल

२०८३ असोज  ६ गते ११:२३ २०८३ असोज ६ गते ११:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्सको कराते टिम कातामा नेपाली टोली भियतनामसँग क्वार्टरफाइनलमा ५–० ले पराजित भएको छ ।
  • सानुमाया थिङ, मेघा लिम्बु र अलिशा रास्कोटी मगरको टोली कास्य पदकका लागि भएको प्रतिस्पर्धामा पनि चाइनीज ताइपेइसँग ५–० ले हार्‍यो ।

६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत कराते टिम कातामा पनि नेपाली टोली पराजित भएको छ ।

जापानको तोयोहाशी जिम्नेसियममा मंगलबार बिहान भएको टिम काता विधामा नेपालका सानुमाया थिङ, मेघा लिम्बु र अलिशा रास्कोटी मगरको जोडी भियतनामसँग पराजित हुन पुग्यो ।

क्वार्टरफाइलनमा भियतनामका न्गोक ट्राम गुएन, न्गोक नी बुई र थी थु उयेन होआङको जोडीसँग ५–० ले पराजित भए ।

त्यसपछि कास्य पदकको लागि भएको प्रतिस्पर्धामा उनीहरु चाइनीज ताइपेइका खेलाडीसँग पराजित हुन पुगे ।

ताइपेइका सिन–एर तिएन, चिन–सुआन हुङ र हुइ–सुआन चिएनको जोडीले नेपाली टोलीलाई ५–० ले पराजित गर्दै कास्य पदक हात पार्यो ।

२०औं एसियन गेम्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय