+
+
Shares

दाजुभाइ-दिदीबहिनी नहुनेहरुको टीका बालगोपालश्वर मन्दिरमा

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ४ गते १०:००

४ कात्तिक, काठमाडौं । भाइटीकामा दाजुभाइ र दिदीबहिनी नहुनेहरुले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टीका लगाउने प्रचलन छ ।

बालगोपालश्वर महादेवको मन्दिर सर्वसाधारणका लागि वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ला गरिन्छ । आज भाइटीकाको दिन बालगोपालेश्वरमा गएर टीका लगाउनेहरुको चहलपहल छ ।

०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्वीर राखेर पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी नहुने दाजुभाइले पूजा एवम् दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनले जानकारी दिए ।

०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेश गरेर मानिसहरु पोखरामा हाम फालेर आत्महत्या गर्ने समस्या भएपछि बन्द गरिन्थ्यो । त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो ।

अहिले पनि खञ्जनेश्वरमा भाइटीकाका दिन भक्तजनको भीड लाग्ने गर्दछ । ०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । गोरखा भूकम्पले बालगोपालेश्वर मन्दिरमा क्षति पुगेपछि खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी र दाजुभाइ नहुनेहरुको भीड लाग्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?