+
+
Shares

भाइटीकाकै दिन ५९२ सांसद बने भूतपूर्व

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ४ गते १२:२८

४ कात्तिक, काठमाडौं । कात्तिक ५ गते अर्थात् आइतबार पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता छ । त्यसैले शनिबारदेखि नै अहिलेका सांसदहरु भूतपूर्व बनेका छन् ।

नेपालको संविधानको धारा २९६ मा रुपान्तरित व्यवस्थापिका संसदको कार्यकाल २०७४ माघ ७ गतेसम्म रहने उल्लेख छ । तर, कार्यकाल पूरा हुनु अगावै प्रतिनिधिसभा निर्वाचन हुन लागेकाले मनोनयनपत्र दर्ता गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका संसद कायम रहने संवैधानिक व्यवस्था छ ।

सोही व्यवस्था अनुसार कात्तिक ४ गते अर्थात आजबाट अहिलेका सांसदहरुको कार्यकाल समाप्त भएको हो ।

त्यसो त संविधानसभा अध्यक्ष समेत रहिसकेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि कात्तिक ४ लाई नै व्यवस्थापिका संसदका सदस्यहरुको अन्तिम कार्यकाल मान्नुपर्ने बताउँछन् । ‘हुन त मेरो जिल्ला इलाममा मनोनयन कात्तिक १५ गते हुनेछ तर मेरो कार्यकाल पनि कात्तिक ४ मै सकिन्छ, यसमा दोहोरो मापदण्ड हुँदैन,’ नेम्वाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?