+
+
Shares

झापामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु,दुई घाइते

गौरव पोखरेल गौरव पोखरेल
२०७४ कात्तिक ५ गते ८:०८

५ कात्तिक, झापा । मेची राजमार्ग अन्तरगत झापाको बुद्धशान्ति गाउँपालिका-७ बर्नेमा मोटरसाइकलको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बुद्धशान्ति-४ का बालक बिशाल बुढाथोकी छन् भने मोटरसाइकल चालक स्थानीय २३ वर्षीय कृष्ण ढकाल र पछाडि सवार उनकी श्रीमति २२ वर्षीय पुजा थापा घाइते छन् ।

राजमार्गमा पैदलयात्रा गर्दै गर्दा मे ६ प ९५०५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको बालकको बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुधबारेले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?